प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्छौँः कप्तान लामिछाने

२०७८ चैत्र २०, आईतबार १३:३२ बजे

काठमाडौं – त्रिदेशीय अन्तर्राष्ट्रिय टवान्टी–२० क्रिकेटमा अपराजित रहँदै फाइनल प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार पपुवा न्यु गिनीविरुद्ध उपाधिका लागि भिड्दै छन् । नेपाल र पिएनजीबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे हुनेछ ।

आइतबार शृखंलाको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताएका हुन । घरेलु दर्शकमाझ खेल्न सहज हुने र आपूmले सतप्रतिशत दिएर उपाधिका लागि खेल्ने बताएका हुन ।

पिएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्य सहित नेपालको सामना गर्ने बताए।

शृखंला अन्तर्गत अन्तिम खेलमा नेपालले शनिबार भ्रमणकारी टोली मलेसियामाथि ८५ रनको जित निकाल्दा पिएनजीले फाइनलमा स्थान बनाएको थियो । शृखंलाको पहिलो र दोस्रो खेलमा नेपालले पिएनजीलाई क्रमश १५ र ३७ रनले पराजित गरेको थियो भने एक दिवसीय शृखंलाको नतिजामा पिएनजीले २–० ले क्लिन स्विप गरेको थियो ।