प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

हेटौंडामा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते

२०८० कार्तिक १, बुधबार १९:०८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१८ आरामपुरमा मंगलबार स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मदन भण्डारी राज मार्गमा अन्तर्गत हेटौंडाबाट बकैयातर्फ जाँदै गरेको ना ३६ प ६१२५ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

दुर्घटनामा परी स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–१८ रामधुनी बस्ने २४ बर्षीय ज्ञान बहादुर स्याङतान र स्कुटर पछाडी बस्ने सोही स्थानका १३ बर्षीय भिम लाल स्याङतान घाइते भएका छन् । दुबै जनाको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सांकेतिक तस्बीर