प्रहर खबर
 २०८० मंसिर २५, सोमबार    

नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दियो

२०८० आश्विन १४, आईतबार ०८:३६ बजे

काठमाडौं – चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा नेपालले माल्दिभ्सलाई २ सय १३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलको राम्रो ब्याटिङमा प्रर्दशन गरे । रोहितले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । कुशल मल्लले २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । त्यस्तै गुलशन झा २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए ।

नेपालका ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखलाई ८ बलमा १ चौकासहित ६ रनमा आउट भए । त्यस्तै विकेटकिपर विनोद भण्डारी १३ रन र सन्दीप जोरा ५ रनमा क्याच आउट भए । दीपेन्द्र सिंह ऐरी २ बलमा ६ रनमा आउट हुँदा सोमपाल कामी १ बलमा १ रन नटआउट रहे ।

माल्दिभ्सका बदिउ इस्माइल नवाजले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।