प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

८१० एम्पुल लागुऔषध सहित दुई जना पक्राउ

२०७९ कार्तिक ३, बिहीबार १७:१६ बजे

हेटौंडा – चितवन भरतपुर महानगरपालिका वडा नं.१ बाट विभिन्न प्रकारका ८१० एम्पुल लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत देश मोतिहारी जिल्ला अरेराज, पुर्वी चम्पारण बस्ने बर्ष २५ को सुमित कुमार प्रसाद र जिल्ला सर्लाही घर भई भरतपुर–१ बस्ने बर्ष १९ को समिर हुसेन रहेका छन् ।

हुसेनको डेराकोठा चेकजाँच गर्दा लागुऔषध डाईजेपाम २७० एम्पुल, फेनार्गन २७० एम्पुल र नुर्फिन २७० एम्पुल गरी जम्मा ८१० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।