प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

डेंगुबाट ४८ जनाको मृत्यु, ४० हजारभन्दा बढी संक्रमित

२०७९ आश्विन ३०, आईतबार ११:३८ बजे

काठमाडौं – नेपालमा डेंगु सङ्क्रमणबाट ४८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीका अनुसार नेपालमा ४८ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो ।

इडिसीडीका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार नेपालमा सात प्रदेशका ७७ वटा जिल्लामा ४० हजार २९ जनामा डेंगु पुष्टि भइसकेको छ ।

इडिसीडीअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ३१ हजार पाँच, लुम्बिनी प्रदेशमा चार हजार ३७०, प्रदेश १ मा एक हजार २४८, सुदूरपश्चिममा एक हजार ९८, गण्डकी प्रदेशमा एक हजार ४९ कर्णाली प्रदेशमा ६३८ र मधेश प्रदेशबाट ६२१ जनामा डेंगु पुष्टि भएको छ ।