प्रहर खबर
 २०८० मंसिर २६, मंगलबार    

भ्यान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु

२०७९ माघ १०, मंगलबार ०५:०७ बजे

हेटौंडा – इलामको माङसे–बुङ गाउँपालिका ३ मा हिजो बेलुकी पिक अप भ्यान दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भ्यानका कामदार स्थानीय ३० वर्षीय सुमन बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार को २ च २५१ नम्बरको कुच्चो बोकेको भ्यान सोमबार बेलुकी साढे ७ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ मिटर तल खसेको थियो । भ्यान चालकलाई ईलाका प्रहरी कार्यालय मंगलबारे इलामले नियन्त्रणमा लिएको छ ।