प्रहर खबर
 २०७९ आश्विन ११, मंगलबार    

हेटौंडामा लागूऔषध सहित एक युवक पक्राउ

२०७९ भाद्र २, बिहीबार १३:०३ बजे

हेटौंडा– मकवानपुर हेटौंडा उपमहानगरपलिका–१० न्युरेनीबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपलिका–३ बस्ने १९ वर्षीय राजेन्द्र कामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर