प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

मधेस प्रदेशका नवनिर्वाचित सांसदले लिए शपथ

२०७९ पौष १५, शुक्रबार १३:२२ बजे

जनकपुरधाम – मधेस प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभामा विभिन्न १० दलबाट प्रत्यक्ष तथा समानुपातिकमा निर्वाचित १०४ जना सांसदले शपथ ग्रहण गरेका हुन् । २ जनाले शपथ लिन पाएका छैनन् । माला कर्ण र रजी हैदरले शपथ लिन लिएका छैनन् ।

प्रदेशसभाका जेष्ठ सदस्य नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेबाट नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसअघि बिहीबार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट जेष्ठ सदस्य न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६ र जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्य छन् । लोकतान्त्रिक समाजवादी पार्टीका ९, माओवादी केन्द्रका ९, नेकपा एस ७ जना प्रदेशसभा सदस्य छन् । यस्तै, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १÷१ जना तथा पाँच जना स्वतन्त्रबाट निर्वाचित सांसद छन् ।