प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

मकवानपुरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

२०७९ चैत्र १२, आईतबार ११:०८ बजे

हेटौंडा – मकवानपुरमा एक महिलाले आत्यदाहको प्रयास गरेकी छन् ।

जिल्लाको ईन्द्रसरोबर गाउँपालिका–४ छापकी ३३ वर्षीय सुमिना डिमडुङकले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी हुन् ।

श्रीमानसंग घरयासी विवाद हुँदा डिम्डुङले एक बोटल डिजेल आफ्नो शरिरमा खनाएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

घाइते डिम्डुङलाई उपचारको लागि किर्तिपुर अस्पताल काठमाण्डौतर्फ पठाएको प्रवक्ता कार्कीले बताए ।