प्रहर खबर
 २०७९ भाद्र २, बिहीबार    

मकवानपुर गोल्डकपः साविक विजेता आर्मी सेमिफाइनलमा

२०७९ जेठ २३, सोमबार १९:३१ बजे

हेटौंडा – विभागीय टोली साविक विजेता त्रिभुवन आर्मी क्लब हेटौंडामा जारी स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले अर्को विभागीय टोली एफिएफ फटबल क्लबलाई ट्राइबे्रकर(पेनाल्टी सुटआउट)मा ५–४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

र्निधारित ९० मिनेटको समय १–१ गोलको बराबरी भएपछि खेल ट्राइबे्रकरमा धकेलिएको थियो । आर्मी खेल अवधिभर दुई वटा पेनाल्टी पाए पनि एक सदुपयोग गर्न सक्दा खेल ट्राइब्रेकरमा धकेलिएको हो । ट्राईब्रेकर आर्मी भाग्यमानी सावित हुँदै जित निकाल्न सफल भयो ।

निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफमा डिबक्सभित्र एपिएफका कप्तान टोपबहादुर विष्टको हातमा बलले लागेपछि आर्मीले पेनाल्टी पाएको थियो । आर्मीले पेनाल्टी पाएपनि सदुयोग गर्न सकेनन । आर्मीका बिवेक बस्नेतले प्रहार गरेको पेनाल्टी एपिएफका गोलरक्षक राजु नगरकोटीले रोकेका थिए ।

त्यस्तै दोस्रो हाफको प्रतिस्र्धात्मक खेलको ६७ औँ मिनेटमा एपिएफका खेलाडीले डिबक्सभित्र फाउल गरेपछि आर्मीले दोस्रो पटक पेनाल्टी भएको थियो । दोस्रो पटक पाएको पेनाल्टीलाई आर्मीका दिनेश हेम्जनले सहजै जाली चुमाउँदै १–० को अग्रता दिलाएका थिए ।

तर, त्यो अग्रता जितको लागि पर्याप्त भएन । खेलको थप समयको अन्तिम मिनेटमा एपिएफका युवराज खड्काले गोल गर्दै टोली खेलमा फर्काएका थिए । त्यसपछि खेल ट्राईब्रेकरको निर्णय ट्राईब्रेकरको साहारा लिनु परेको थियो ।

ट्राईब्रेकरमा आर्मीलाई जित दिलाउन गोलरक्षक विकेश कुथु नायक बने । उनले ४–४ गोलको स्थितीमा उनले एपिएफका मणि कुमार लामाको प्रहार रोक्न सफल भएका थिए ।

आर्मीका दिपक गुरुङ, सिमान्त थापा मगर, सन्तोष के.सी., कमल बहादुर थापा र दिनेश हेम्जनले गोल गरेका थिए । उता एपिएफका नविन लामा, सुदिप शिखरकार, सनिश श्रेष्ठ र नविन थिङ्गले मात्रै गोल गरेका थिए ।

ट्राईब्रेकरमा टोलीलाई जित दिलाउन महत्वपुर्ण पेनाल्टी बचाउँ गरेका आर्मीका विकेश कुथु म्यानअफ द म्यच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे ।

आर्मीले फाइनल प्रवेशको लागि चर्च ब्वाइज क्लब र एभेनिर एफसी, क्यामरुन बीचको विजेतासँग खेल्नेछ।

प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल भोली मंगलबार नेपाल पुलिस क्लब र स्टार खेलाडीले भरिएको मनाङ मस्र्याङ्दी क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे ३ बजे सुरु हुने छ ।

प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेताले १० लाख प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।