प्रहर खबर
 २०८१ माघ २, बुधबार    

ब्राउन सुगरसहित एकजना पक्राउ

२०८० कार्तिक २१, मंगलबार १६:२४ बजे

कञ्चनपुर – भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ११ ग्रामसहित भारत उत्तराखण्ड चम्पावत मिना बजार बस्ने २६ वर्षीय धमेन्द्र दुबेलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।