प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

क्रिकेटर मेहबुब र आदिल पक्राउ

२०७९ माघ ९, सोमबार १३:५१ बजे

काठमाडौं – स्पट फिक्सिङ गरेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सोमबार महबुब र आदीललाई पक्राउ गरेको हो ।

हालै भएको नेपाल टी २० लिग क्रिकेट प्रतियोगितामा फिक्सिङ आशंका भएको भन्दै चौतर्फी आवाज उठेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले अनुसन्धान गरेको थियो ।प्रहरीको अनुसन्धानको आधारमा आलम र अन्सारीलाई पक्राउ गरिएको हो ।

यस्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल टोलीले समेत अनुसन्धान गरेको थियो । उनीहरुलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको बुझिएको छ । 

आदिलले टी-२० लिगमा जनकपुर रोयल्सबाट खेलेका थिए। तर मेहबुब भने लिगमा कुनै पनि टिममा आबद्ध थिएनन्। नेपाल टि २० लिग पुष ९ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन भएको थियो ।