प्रहर खबर
 २०७९ जेठ १३, शुक्रबार    

पाँच वटा प्रदेशमा वर्षा हुने सम्भावना

२०७९ बैशाख २९, बिहीबार १०:३४ बजे

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीवार) देशका पाँच वटा प्रदेशमा वर्षा हुने जनाएको छ। महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली हुनेछ।

त्यस्तै अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने जनाएको छ।

शुक्रवार पनि यी ५ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले महाशाखाले शतर्कता अपनाउन आग्रह गरेको छ।