प्रहर खबर
 २०८१ जेठ ९, बुधबार    

कँडेलको नेतृत्वमा रामभक्त हनुमान सेवा समितिको १५ सदस्यीय कार्यसमिति चयन

२०८० भाद्र ९, शनिबार १३:४५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१० मा रहेको श्री रामभक्त हनुमान सेवा समिति, राप्तितट मकवानपुरको नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार भएको तेस्रो साधारणसभाले यक्ष प्रसाद कँडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षहरुमा विन्दु भट्टराई र शम्भु भट्टराई चयन भएका छन् । त्यस्तै महासचिवमा महेन्द्र इटेनी, सहसचिवमा नवराज थपलिया र लक्ष्मि अधिकारी, कोषाध्यक्ष चेतनाथ घिमिरे र सहकोषाध्यक्षमा राजु श्रेष्ठलाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा महेश अर्याल, जानुका भण्डारी, अम्बिका खतिवडा, सुकुन्द प्रसाद आचार्य, सुनिता पराजुली, पवन प्रसाद प्रराजुली र बालकुमारी डल्लाकोेटीलाई चयन गरिएको छ ।