प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मोटरसाइकल दुर्घटना हुँदा लामाको मृत्यु

२०७९ माघ २३, सोमबार ०७:५३ बजे

हेटौंडा – रौतहटको चन्द्रपुर नगरपालिका ४ धन्सार पुल नजिकै मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका ७ का ३० वर्षीय किरण लामा घिसिङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा चन्द्रपुर अस्पताल प्रालीमा आईतबार बेलुकी सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सर्लाहीबाट निजगढ जाँदै गरेको मधेश प्रदेश-०४-००१ प ३५५७ नम्बरको मोटरसाइकल आईतबार साझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटले जानकारी दिएको छ ।

सांकेतिक तस्वीर