प्रहर खबर
 २०८१ बैशाख १७, सोमबार    

हेटौंडा १५ बाट दिपक पक्राउ

२०८१ बैशाख ३, सोमबार २०:१९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटे चोकबाट आइतबार लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राक्शिराङ गाउँपालिका–८ कुनाले बस्ने बर्ष–२६ को दिपक चेपाङ रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना ७ ख ९०३५ नम्बरको यात्रुखबाहक बसलई रोकेरचेकजाच गर्ने क्रममा उक्त बसमा चेपाङलाई चेकजाच गर्दा ५ किलो २०० ग्राम लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।