हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ मनहरी पुलमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक मनहरी गाउँपालिका वडा नं.९ ज्यामिरे बस्ने २५ बर्षीय सुवास ढुङ्गाना रहेका छन् ।
पूर्वपश्चिम सडकखण्डमा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको बा १९च ६०७० नम्बरको कार र हेटौंडाबाट मनहरी जाँदै गरेको ना २९ प ५७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा ढुङ्गाना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार बायाँ खुट्टामा चोट लागेको छ । उनको प्राथामिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।