प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

अन्जन विष्टको निर्णायक गोलमा नेपाल विजयी

२०७९ कार्तिक ३०, बुधबार १३:२१ बजे

हेटौंडा – अन्जन विष्टको निर्णायक गोलमा पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विष्टको गोलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।  विष्टले खेलको ८२ औं मिनेटमा गोल गर्दै नेपाललाई १–० को जित दिलाएका हुन् ।

यससंगै विष्टको अन्तराष्ट्रिय गोल सङ्ख्या ११ पुगेको छ । अन्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।