प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

मकवानपुर सुमो दुर्घटना: मृतक र घाइतेको सनाखत

२०७९ मंसिर ८, बिहीबार १७:३९ बजे

हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा भएको सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

भिमफेदी–कुलेखानी– फाखेल–काठमाडौं सडकखण्ड अन्तर्गत इन्द्रसरोबर–२ सल्लेस्थित हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्बरको सुमो आफै अनियन्त्रित भएर बुधबार दुर्घटना भएको थियो ।

दुर्घटनामा भारत मथलोहियर बस्ने अन्दाजी ४० वर्षीय सबिर आलमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

घाइते हुनेमा सुमो चालक बारा माहागढीमाई–२ का २८ वर्षीय अजय कुमार साहा बाया, भारत बिहार रक्सौलका २३ की सृष्टि प्रसाध वाया, भारत घर वताउने ५० बर्षीय तुफान आलम वाया, भारत पर्साउना पंचायत–१० रक्सौलका ४० वर्षीय ईनुस गद्दी, भारत बिहार रक्सौल घर वताउने ५३ वर्षीय अब्दुल रजाक, पर्शा बिरगंज–१९ का ३० वर्षीय सागर वावु साह रहेका छन् ।

उनिहरुको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुमो सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।