प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

लायन्स क्लबद्धारा बिद्यालयलाई खाद्यान्न सहयोग

२०७९ पौष २९, शुक्रबार १२:०७ बजे

हेटौंडा – लायनका इन्टरनेशनल संस्थापक मालबिन जोनको १४४ औं जन्मोत्सवको साता ब्यापी कार्यक्रम अन्तरगत छैठौं दिन बिहीबार हेटौंडा १ मा रहेको एक बिद्यालयलाई खाद्यान्न सहयोग गरिएको छ ।

लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको आायेजनामा र नेपाल ग्राम उधोग प्रालिको सहयोगमा हेटौंडा १ स्थित कालिका आधारभूत बिद्यालयलाई खाद्यान्न सामग्री प्रदान गरिएको हो ।

बिद्यालयका प्रअ बैकुण्ठ पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरिएको लायन्स क्लब अफ हेटौंडा भुटनदेवीकी तेश्रो उपाध्यक्ष रीना गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ हेटौंडा भुटनदेवीका अध्यक्ष प्रमोदसिंह रानाभाट,सचिव पवित्रा दाहाल,कोषाध्यक्ष राजाराम कार्की,सदस्यहरु शोभा प्रधान,मधु दंगाल, जोन चियर ट्यान्टी पर्सन पुष्पा शाह लगायतको उपस्थिति रहेको थियो ।