प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो(अंक तालिका सहित)

२०७९ असार ४, शनिबार १२:४२ बजे

काठमाडौं – मलेसियामा जारी एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको छ । किनरारा ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराएको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

नेपालले दिएको एक सय आठ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेत निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८२ रनमा समेटिएको थियो । कुवेतका लागि प्रियादा मुरालीले ३१ रन, मारिमा हेदरले १५ र कप्तान आम्ना तारिकले १४ रन जोडिन् ।

बलिङतर्फ नेपालकी सीता रानामगरले दुई, अश्मिना कर्माचार्य, संगीता राई र इन्दु वर्माले एक–एक विकेट लिइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेटको क्षतिमा एक सय सात रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित सर्वाधिक ३४ रनको योगदान दिइन् । इन्दु बर्माले अविजित २८, ज्योति पाण्डेले १५, बिन्दु रावलले ११, सीता मगर र काजल श्रेष्ठले समान पाँच–पाँच रन बनाइन्।

बलिङमा कुवेतकी मारिमा हेदरले दुई, मार्यम ओमार र खादिजा खालिलले एक–एक विकेट लिइन् ।

जितसँगै दुई खेलबाट चार अंक बनाएको नेपाल समूह ‘बी’ को शीर्षस्थानमा छ ।जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।हङकङले एक खेलमा २ अंक जोडेको छ । कुवेतले २ खेलमा १ अंक जोडेको छ ।

कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो । कुवेत १ अंक सहित समूहको तेस्रो स्थानमा रहेको छ ।जित विहिन भुटान समुहको पच्छारमा रहेको छ ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपालको समूहमा कुवेत, भुटान,बहराइन र हङकङ छन् ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी(ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

अंक तालिका सहित 

m cri