प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

मकवानपुरमा ट्रकबाट लागुऔषध गाँजा बरामद, चालक फरार

२०७९ मंसिर १५, बिहीबार १७:४४ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ कत्लेखोलास्थित पुर्वपश्चिम सडकबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।

ढब्लु.बि.५९ सि ६७३५ नम्बरको भारतिय ट्रकबाट ७९ किलो लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्रकमा पलास्टिको बोरामा प्याक गरी लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारिएको प्रहरीको भनाई छ । उक्त गाँजा सहित ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक चालक फरार रहेका छन् । उनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।