प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

नेपाल र युएईबीचको निर्णायक खेल आज

२०७९ मंसिर २, शुक्रबार ०२:२३ बजे

काठमाडौं – घरेलु टोली नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुँदैछ ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । तीन खेलको सिरिज १–१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो । आजको खेल जसले जित्छ, उसैले श्रृंखला आफ्नो पक्षमा पार्नेछ ।

यस्तोमा अन्तिम खेलमा दुबै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन् । घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखला जित्नका लागि नेपाल उच्च मनोबलका साथ मैदान उत्रिंदैछ ।