प्रहर खबर
 २०८१ बैशाख १६, आईतबार    

जसपा मकवानपुरको सस्थापन पक्ष माओवादी केन्द्र प्रवेश

२०८० पौष २०, शुक्रबार १७:०३ बजे

हेटौंडा – जनता समाजवादी पार्टी (जसपा) का सस्थापन पक्षका पुर्व परिषद अध्यक्ष शुभ रत्न गोले सहित करिब १ सय जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रबार हेटौंडामा भएको कार्यक्रमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुलाई माओवादी केन्द्रकी नेता तथा बागमती प्रदेशकी सामजिक विकास मन्त्री कुमारी मोक्तान सहितका माओवादी नेताहरुले स्वागत गरेका थिए । पछिल्लो समय संघिय गणतन्त्रमा प्रहार गर्ने काम भैरहेको र अब गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने सन्देश सहित आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको गोलेले बताए ।