प्रहर खबर
 २०८१ माघ २, बुधबार    

बागमती प्रदेश सभा: दोस्रो अधिवेशन मगलबारका लागि आह्वान

२०८० जेठ २, मंगलबार ०२:२६ बजे

हेटौँडा – बागमती प्रदेश सभाको दोस्रो अधिवेशन आह्वान गरिएको छ। मन्त्रीपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुख यादवचन्द्र रामले प्रदेश सभाको दोस्रो अधिवेशन जेठ ९ गते मगलबारका लागि आह्वान गरेका हुन् ।

यसअघि बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन यही जेठ ९ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश सभाको पहिलो अधिवेशन गत वैशाख १३ गते अन्त्य गरिएको थियो ।

प्रदेश सरकारले आह्वान गरेको हिउँदेका रूपमा रहेको बजेट अधिवेशनमा प्रदेश सरकारको आगामी आव २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकता (प्री बजेट), आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइने छ ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयक मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको जानकारी दिए।

साथै बैठकले दोलखाको जिरी नगरपालिका-५ मा प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिने पर्यटकीय तालका लागि ७७५ रोपनी जग्गा प्राप्ति गर्न प्रारम्भिक प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ ।