प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

मकवानपुरको कलवान लेकबाट स्काभेटर खस्यो

२०८१ पौष १२, शुक्रबार ०८:४५ बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिका–७, कलवानस्थित ढुङ्गा खानीमा स्काभेटर दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन्।

बिहिबार बिहान बा २ क ८६४४ नम्बरको स्काभेटर खोल्सामा करिब ३००–४०० मिटर तल खस्दा दुर्घटना भएको हो।

चालक मकवानपुरगढी गाउँपालिका–६ का ३० वर्षीय भुवन अधिकारीले स्काभेटरबाट हाम फाल्ने ज्यान जोगाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनको स्काभेटरबाट हाम फाल्ने क्रममा घुँडामा सामान्य चोट लागेर जनाईएको छ ।

दुर्घटनामा स्काभेटर पूर्ण रूपमा क्षति भएको छ भने चालकको अवस्था सामान्य रहेको छ। 

सांकेतिक तस्बीर