प्रहर खबर
 २०८१ बैशाख १७, सोमबार    

अध्यक्ष प्रचण्ड भारत जाने

२०७९ असार ३०, बिहीबार ०६:०१ बजे

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्।

भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् । प्रचण्ड शुक्रबार दिउँसो १ बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

भाजपा अध्यक्ष नड्डाले धेरैअघि निम्तो पठाए पनि राजनीतिक व्यस्तताले भ्रमण हुन नसकेको स्वकीय सचिव मल्लले बताए । मल्लका अनुसार अध्यक्ष प्रचण्डले दिल्लीमा एउटा कार्यक्रमलाई समेत सम्बोधन गर्नेछन् । प्रचण्ड साउन १ गते स्वदेश फर्कने बताइएको छ ।