प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु

२०७९ श्रावण २६, बिहीबार १३:०८ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगामा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री संखुवासभा घर भएकी ५२ वर्षीया नमुना शेर्पा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले आज बिहान १० बजे पैदल हिडिरहेकी शेर्पालाई ठक्कर दिएको हो । एम्बुलेन्स चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जनाएको छ ।