प्रहर खबर
 २०८१ जेठ ६, आईतबार    

हेटौंडाको चुरियामाई मन्दिर नजिकै क्रेन दुर्घटना, सहचालकको मृत्यु, चालक घाइते

२०८० कार्तिक ९, बिहीबार ०८:०४ बजे

हेटौंडा – मकवानपुुरको हेटौंडा उपममहानगरपालिका वडा नं.१५ चुरियामाई मन्दिर नजिकै बिहिबार विहान हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–३० बिश्रामपुर बस्ने क्रेनका सहचालक १८ बर्षीय बिपिन महत्तो रहेका छन् । क्रेनले च्यापिएर गम्भीर घाइते भएका महत्तो उपचारका लागि हेटौडा अस्पताल ल्याईएकोमा विहान ६ बजेर ५५ मिनेटमा डक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

क्रेन चालक पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३० लालपर्सा बस्ने ३० बर्षीय दसरथ पासवान सामान्य घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चुरियामाई तर्फबाट हेटौंडातर्फ आउदै गरेको ना.१क ६०५५ नम्बरको हाइड्रा क्रेन आफै अनियन्त्रित भएर सडकको छेउमा बिहीबार विहान ५ बजेर ५५ मिनेटको समयमा पल्टिएको प्रहरीले जनाएको छ ।