प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

रेनु दाहाल सवार गाडी दुर्घटना

२०७९ जेठ १३, शुक्रबार १०:४९ बजे

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाडी दुर्घटना हुँदा दाहालको टाउकोमा चोट लागेको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा क्षति पुगेको छ ।