प्रहर खबर
 २०८० फाल्गुन १६, बुधबार    

मकवानपुरमा एक सहकारीमा आएको आइएमइको रकम ब्यापवस्थापकद्वारा झ्वाम

२०८० भाद्र ८, शुक्रबार ०८:४२ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपलिका वडा नम्बर ९ मा रहेको एक सहकारी संस्थाका ब्यवस्थाकले आइएमइको रकम आफूले मनोमानी रुपमा प्रयोग गरेको पाइएको छ । सो स्थानमा रहेको हरियाली बचत तथा ऋण सहकार संस्थाका ब्यावस्थापक छोटसन लामा बलले सहकारीका लागि आएको आइएमइको २१ लाख ६८ हजार रुपैयाँ हिनामिना गरेका हुन् । 

नयाँ आर्थिक बर्ष लागेपछि सहकारीको हरहिसाव फरफार गर्ने बिषयमा चेकजांच हुँदा बलले अनियमितता गरेको थापा पाएपछि उनलाई केरकार गर्दा बलले हिनामिना गरेको तथ्य बाहिरिएको उक्त सहकारी संस्थाका अध्यक्ष होमनाथ घिमरेले बताए । उनले आफुहरु कम पढेलेखेको र सबै जानकारी नभएा कारण आयएमइको खाता बलको ब्यक्तिगत नाउमा संचालन गरिएको कारण गल्ती भएको र सोको फाइदा बलले उठाएको घिमिरेले बताए ।

घिमिरेले प्रहरी चौकी बकैयामा बललाई समेत राखेर छलफल भएको र भोलि भदौ ९ गतेभित्र रकम जम्मा गर्न भनिएको र बलले तीन महिनाभित्रमा रकम जम्मा गर्ने गरी हाल धितो राख्ने सहमति भएको बताए । ब्यावस्थपक बलले पनि आफूले आफ्नो ब्यक्तिगत कामका लागि सो रकम अपचलन गरेको स्वीकार गरेका छन् । उनले आफूले गर्न नहुने काम गरेको भन्दै सहकरीको रकम फिर्ता गरिदने प्रतिबद्धता प्रहरखबरसंग गरेका छन् ।