हेटौंडा – गएराती ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । धादिङको धुनिबेशी नगरपालिका ४ तेर्सेपानीमा प्रदेश ३–०१–००६ ख १५८१ नम्बरको ट्रक गएराती १२ बजे अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा ट्रकमा सवार स्थानीय ४० वर्षीय रामचन्द्र पुडासैनी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पुडासैनीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महांकाल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका ३५ वर्षीय विनोद आचार्यको सोही अस्पतालमा उपचार भइरहेको छ । भञ्ज्याङपोखरीबाट जीवनपुरतर्फ जाँदै गरेको उक्त नम्बरको ट्रक गएराती १२ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो । ट्रक सहित चालकलाइ प्रहरी चौकी जिवनपुर धादिङले नियन्त्रणमा लिएको छ ।