प्रहर खबर
 २०८१ जेठ ९, बुधबार    

भारतीय अभिनेता नितेश र अभिनेत्री वैभवीको निधन

२०८० जेठ १०, बुधबार ०७:३८ बजे

काठमाडौं – भारतीय अभिनेता नितेश पाण्डे र वैभवी उपाध्यायको मृत्यु भएको छ। ५० वर्ष उमेरमा नितेशको कार्डियक अरेस्टका कारण मृत्यु भएको हो भने अभिनेत्री वैभवीको कार दुर्घटनामा मृत्यु भएको हो।

भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार १ः३० बजे नितेशको मुटुको धड्कन बन्द भएर बेहोस भएका थिए। नितेशले आफ्नो अभिनय करियर थिएटरबाट सुरू गरेका थिए। उनले 'मंजिले अपनी अपनी, अस्तित्व एक प्रेम कहानी, शाया, जुस्तजू, दुर्गेश नन्दिनी' जस्ता टेलिशृंखलामा अभिनय गरेका छन्। उनी पछिल्लो समय 'अनुपमा' टेलिशृंखलामा देखिएका थिए।

उनले 'बधाई दो, रंगून, मदारी, ओम शान्ति ओम, खोसलाका घोसला, मदारी' जस्ता फिल्ममा समेत काम गरेका छन्। अभिनेत्री वैभवीले 'जिरो किलोमिटर, प्लीज फाइन्ड अटैच्ड, साराभाइ भर्सेस साराभाइ, छपाक, सिटीलाइट, क्या कुसूर है अमराका, संरचना' जस्ता फिल्ममा काम गरेकी छन्।