प्रहर खबर
 २०७९ चैत्र १२, आईतबार    

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ, नेपालमा के होला ?

२०७९ माघ ४, बुधबार ०९:०४ बजे

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १६ जनवरीमा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर तीन रुपियाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको प्रतिलिटर दुुई रुपियाँ ५१ पैसा बढेर आएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूूल्य घटबढ भइरहेको र पेट्रोलको मूल्य बढेर आएकाले हालका लागि यथावत् राखिएको निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउँछ । पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि निगमले तेल खरिद गरेको बक्यौता रकम र ऋण देखाएर मूल्य घटाएको थिएन ।

गत पुस २४ गते प्रधानमन्त्रीको निर्देशनमा निगमले पेट्रोल डिजेल र मट्टीतेल प्रतिलिटरमा तीन रुपियाँ, हवाई इन्धन प्रतिलिटरमा २० रुपियाँ र हवाई इन्धन बाह्यमा ३० रुपियाँ मूूल्य घटाएको थियो । हाल बजारमा पेट्रोल प्रतिलिटर १७५, डिजेल/मट्टीतेल प्रतिलिटर १७२, हवाई इन्धन आन्तरिक प्रतिलिटर १७० र खाना पकाउने एलपीजी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।