प्रहर खबर
 २०८१ जेठ ६, आईतबार    

मनहरीको भोज शिद्ध माध्यामिक विद्यालयलाई पंखा सहयोग

२०८१ बैशाख २३, आईतबार १९:२५ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ५ निवासी युवा व्यवसायी रुपचन्द्र लो भोज शिद्ध माध्यामिक विद्यालयलाई ४ थान पंखा(सिलिङ फ्यान) सहयोग गरेका छन् ।

बढ्दो गर्मीमा विद्यालय आउने बालबालिकाहरुलाई पठनपाठनमा समस्या नआओस् र शितल वातारणमा बसेर विद्यार्थीहरुले अध्ययन गर्न सकुन् भन्ने उद्देश्यले पंखा सहयोग वितरण गरिएको रुपचन्द्रले बताए ।

आइतबार विद्यालयमै पुगेर विद्यालयका निमित्त प्रध्यानाध्यापक अजुर्न पण्डितलाई फ्यान हस्तान्तरण गरिएको हो । उक्त फ्यान ११ हजार मुल्य बराबरको रहेको बताईएको छ । फ्यान सहयोगका लागि वीर बहादुर मिजारले सहजिकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, प्रविधिक रुपमा सहयोग गर्ने सन्त बहादुर आले, नवराज बिष्ट, आकाश शाह ठकुरी, रुपचन्द्र मुक्तान, बिष्णु प्रसाद लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

हाल विद्यालयमा ३०० भन्दाबढी विद्यार्थीहरु अध्ययनरत छन् ।