हेटौंडा – नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्रले केही दिन नयाँ मिटर विक्री वितरण बन्द गर्ने भएको छ ।
हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्र वीर श्रेष्ठले शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दै नयाँ मिटर विक्री वितरण बन्दबारे जानकारी दिएका हुन् ।
नेपाल विद्युत प्राधिकरणको बार्षिक हिसाब मिलान कार्यको लागि यही असार २७ गतेदेखि श्रावण १ गतेसम्म नयाँ मिटर विक्री वितरण कार्य बन्द हुने सुचनामार्फत जानकारी दिएको छ ।