प्रहर खबर
 २०८१ बैशाख ८, शनिबार    

हेटौंडा १ मा ५ सय मत गणना भयो

२०७९ बैशाख ३१, शनिबार ०९:५० बजे

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा हालसम्म ५ सय मतगणना गरिएको छ । जसमा मेयर पदमा गठबन्धनकी उम्मेदवार मिना लामाले १७१ पाउँदा नेकपा एमालेका उम्मेदवार १५७ मत पाएका छन् । राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ११५ मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले २२८, नेकपा एमालेकी सुमित्रा काफ्लेले १९१ र राप्रपाकी इन्दिरा डल्लाकोटीले हलो ३० मत ल्याएकी छिन् । त्यस्तै वडा अध्यक्ष पदमा गठबन्धनका सविन न्यौपानेले २३०, नेकपा एमालेका उत्तम पौडेलले २२४ र राप्रपाका उम्मेदवार ३४ मत पाएका छन् ।