प्रहर खबर
 २०८० जेठ १८, बिहीबार    

हेटौंडामा बोलेरोको ठक्करबाट घाइते बालकको मृत्यु

२०७९ चैत्र ७, मंगलबार ११:५४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.८ स्थित ओमनगर गेट अगाडी बोलेरोको ठक्करबाट घाइते भएका एक बालकको मृत्यु भएको छ । गत चैत ५ गते आइतबार बा १२ च ९७८६ नम्बरको बोलेरोको ठक्करबाट घाइते भएका १४ वर्षिय अनिल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

छाला फ्याक्ट्रीबाट ओमनगर गेटतर्फ जाँदै गरेको बा १२ च ९७८६ नम्बरको बोलेरोले स्थानीय जित बहादुर सारु मगरको घर अगाडी श्रेष्ठ र पार्कीङ गरेर राखेको बागमती प्रदेश ०३(००१ प ६२६५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट हात, खुट्टा र टाउकोमा गम्भिर चोट लागेको श्रेष्ठको सोही दिन भरतपुर मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । ठक्कर दिने बोलेरो, बोलेरो चालक र स्कुटर प्रहरीको नियन्त्रणमा छ ।