प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

माओवादी १२१ पालिकामा विजयी, एकमा अग्रता कायमै

२०७९ जेठ १०, मंगलबार ०८:४३ बजे

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गतको मत परिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ भने ११ पालिकाको मतगणना जारी छ ।

जसमा नेकपा ९माओवादी केन्द्र० ले हालसम्म १२१ वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । माओवादी केन्द्रले १२१ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी बनेका हुन् ।


मतगणना सम्पन्न भएको पालिकाहरुमा नेपाली काँग्रेस र नेकपा एमालेपछि माओवादीले धेरै पालिकामा विजय प्राप्त गरेको छ । आयोगका अनुसार हालसम्म कांग्रेसले ३२२ र एमालेले २०२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

मतगणना जारी रहेको पालिका मध्ये एक स्थानमा माओवादीको उम्मेदवारको अग्रता रहेको छ ।