हेटौंडा – हेटौंडाको रसल एकेडेमीमा अध्ययनरत बालिका बरिसा क्षेत्रीको ‘सामी सामी’ गीतमा नाचेको भिडियो चर्चा बलिउडदेखि हलिउडसम्म भएको छ ।
अमेरिकी चर्चित र्यापर स्नुप डगले बरिसाको भाइरल भिडियो सेयर गरेका छन् । दक्षिण भारतीय फिल्म पुष्पाको ‘सामी सामी’मा नृत्य र्यापर स्नुप डगले क्षेत्रीको भिडियो इन्स्टाग्राममा सेयर गरेका हुन् ।
र्यापर स्नुप डगले थापाको भिडियो सेयर गरेपछि उनको चर्चा अब हलिउडसम्म चुलिएको छ । उक्त गतिमा डान्स गर्ने बरिसा हेटौँडा उपमहानगरपालिका वडा नं.९ की हुन् । उनी घर नजिकैको सिमेन्ट रोडस्थित रसल एकेडेमीमा युकेजीमा अध्ययनरत छिन् ।
बरिसा नाचेको भिडियो सोही विद्यालयको एकजना शिक्षिकाले टिकटकमा सेयर गरेपछि उनको चर्चा चुलिएको थियो ।उक्त भिडियो फिल्म पुष्पाकीअभिनेत्री रश्मिका मन्दानाले आफ्नो ट्वीटरमार्फत बालिका बरिसा क्षेत्रीसंग भेट्ने इच्छा ब्यक्त गरेकी थिइन् ।
भिडियो हेरेपछिभारतीय कोरियोग्राफर रेमो डीसूजाले बरिसाको डान्सको प्रशसां भेट्ने चाहेको बताएका थिए ।उनीहरुबिच सामाजिक सञ्जालमार्फत कुराकानी समेत भएको थियो । सो कुराकानीको क्रममा डीसूजाले बालिकालाई भारतीय टिभी रियालिटी शो डान्स इन्डिया डान्समा भाग लिन निम्तो दिएका छन् ।
View this post on Instagram
सम्बन्धित समाचार
हेटौंडाकी बरिसालाई भेट्न चाहान्छिन् ‘पुष्पा’ फिल्मकी अभिनेत्री रश्मिका
भारतीय सिने जगतमा हेटौंडाकी बरिसा भाइरल !