प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

हेटौंडामा गोठमा आगलागी: एक वटा गाई मरे, चार गाई घाइते

२०७९ माघ २७, शुक्रबार १६:१४ बजे

हेटौंडा – हेटौंडामा एक गाई गोठमा आगलागी भएको छ । हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा बिहीबार राति स्थानीय शम्शेर ढुंगनाको घर नजिकै रहेको गोठमा आगालागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगोलागीबाट एक वटा गाईको मृत्यु भएको छ भने ४ वटा गाई घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । आगोलागीबाट पराल र गोठभित्र रहेको अन्नपात गरी एक लाख एकचालिस हजार बराबरको क्षति भएको उनले बताए ।

बिहिबार राति साँढे ९ बजे गोठमा लागेको आगो हेटौंडा उपमहानगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा करिव पौने घण्टापछि नियन्त्रणमा लिइएको थियो ।