प्रहर खबर
 २०७९ असार १२, आईतबार    

सवारी दुर्घटनामा दुई तीन जनाको मृत्यु

२०७९ असार ९, बिहीबार १०:४५ बजे

हेटौंडा – दुई छुट्टाछुटै स्थान भएको सवारी दुर्घटनामा दुई तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

भक्तपुरको सुर्यविनायक नगरपालिका ८ आर्दशचोक नजिकै गएराती मोटरसाइकल र ट्रिपर आपसमा ठोकिदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइलमा सवार दुई जना पुरुष व्यक्ति रहेका छन् ।

अन्दाजी २० वर्षका जस्ता देखिने दुवै घाइतेको उपचारको क्रममा भक्तपुर अस्पतालमा बिहिबार बिहान ३ बजे मृत्यु भएको हो । मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ । सुर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको ट्रिपर गएराती सवा २ बजे आपसमा ठोकिएका हुन् । ट्रिपर चालकलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

 त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका ५ भकुण्डामा हिजो बेलुकी गाडासँग मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कंचनपुरको पुर्नवास नगरपालिका १ गणेशबस्तीका अन्दाजी २४ वर्षीय बिश्राम रानाको उपचारका क्रममा ईसान मेमोरियल अस्पताल बेलौरीमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार २८ वर्षीय शंकर रानाको सोही अस्पतालमा उपचार भइरहेको छ । बेलौरीबाट रामनगर जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१ ०१० प ८३९ नम्बरको मोटरसाइकल बुधबार बेलुकी पौने ९ बजे गाडासँग ठोकिएको हो । गाढा चालकलाई ईलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको छ ।