प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

दुई सातादेखि बुद्धचोकमा न्याय माग्दै पीडित

२०७९ मंसिर १५, बिहीबार २१:०४ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१३ का जगतबहादुर सुनार ऋणी हुन् भने हेटौंडा–३ कै नियमराज शाक्य साहु । सुनारको हेटौंडा उपमहानगरपालिका वडा नं.१३ को ११ कठ्ठा १६ धुर जग्गा दृष्टिबन्धकमा शाक्यसंग छ । त्यो पनि ५० हजार रुपैयाँका लागि ।

सुनार आफ्नो दृष्टिबन्धक ऋणको साँवा, ब्याज र हर्जाना चुक्ता गरेर धितोफिर्ता गर्न चाहन्छन् । दृष्टिबन्धक भएको २०५४ सालमा हो । सुनारले दृष्टिबन्धक फिर्ता गर्न चाहेका थिए २०५९ सालमा । सुनारले जग्गा फिर्ताको लागि धाएको २० बर्ष बढी भयो । तर, शाक्य जग्गा फिर्ता गर्ने कुरा समेत गर्न चाहँदैनन् ।

सुनारको न्यायको मागपत्र वडादेखि हेटौंडा उपमहानगरको न्यायिक समितिसम्म पुगेको छ । न्याय माग्दै धाउने क्रममा वडासदस्यदेखि नगरप्रमुखसम्मका जनप्रतिनिधि भन्थे, ‘सुनार पीडित हुन्, उसले न्याय पाउनु पर्छ ।’ तर, सरोकारवाला निकायले ध्यान नदिदा यो समस्याले निकास पाउन सकेको छैन । सुनार सडकमा न्यायको भिक्षा मागिरहेका छन् ।

सुनार हरेक दिन बिहान हेटौंडाको बुद्धचोकको उत्तरतर्फ त्रिभुनव राजपथको बायाँ किनारमा कालो व्यानर लिएर बसेको अवस्थामा भेटिन्छन् । “जगतबहादुर सुनारलाई न्याय दिलाऔँ अभियान”,‘२५ बर्षदेखि मलाई दुःख दिइयो । मेरो जग्गा फिर्ता पाउँ ।’ ब्यानगरमा लेखिएको छ, ‘नियमराज शाक्य मेरो जग्गा फिर्ता गर ।’

सुनारलाई स्थानीय समाजसेवीहरु ‘लोभलालज बन्द गर, सामन्ती चरित्र देखाउन पाईदैन, अर्काको जग्गा खान पाईदैन, पीडितलाई न्याय दे’ न्याय मागका लागि लेखिएका नारा अंकित पम्प्लेट लिएर धर्नामा साथ दिएका छन् । यसरी हेटौंडाको मुटुमै न्याय माग्दै नारा प्रर्दशन भएको दुई साता नाध्यो ।

प्रत्येक दिन बिहान साँढे ८ बजेदेखि साँढे ९ बजेसम्म हुने धर्नालाई नदेख्ने को नै होला र ? त्यही बाटो हुँदै सामान्य नागरिकदेखि प्रदेशका उच्चपदका ब्यक्ति हिड्छन्, तर, समस्या समाधानको लागि चासो नदिएको यस अभियानका अभियन्ता विशालराज महत बताउँछन् । ‘हामी चुनाव हुनभन्दा अगाडि नै धर्नामा बसेका हौँ, चुनाव सकियो, हाम्रो मुद्दालाई उहाँहरुले चासो दिनुभएन,’–उनले भने ।

मंसिर ११ गते आइतरबार शाक्य समुहद्वारा सुनारमाथि हातपात र धर्नामा सहभागीमाथि दुब्र्यवहार भयो । आगामी दिनमा कुनै अप्रिय घटना भएको खण्डमा कसले जिम्मा लिने भन्दै प्रश्न गर्छन् सामाजिक अभियन्ता महत । उनी भन्छन्, ‘हामी हिंसा चाहदैनौँ, हामी वार्ताबाट निकास चाहन्छौँ, वार्ताबाटै समस्या समाधान गरिदिन जनप्रतिनिधिलाई आग्रह गर्दछौँ ।’

उपमेयर बानियाँको चिया गफको पृष्ठभूमिमा धर्ना
सुनार धर्ना बसेकै अगाडि छ बानियाँ ट्रेडर्स । त्यो कपडा पसल हो, हेटौंडा उपमहानगरपालिकाका उपमेयर तथा न्यायिक समितिका प्रमुख राजेश बानियाँको । प्रत्येक दिन बिहान पसलमा बानियाँको इन्ट्री हुने धर्ना हुने समय एउटै हुन्छ । बानियाँको नजर धर्नामा पर्दैन । जहिले बानियाँलाई क्यामेरा तेस्याउने हो, भने धर्ना पृष्ठमूभि बन्छ ।

धर्ना कार्यक्रमको ११ औँ दिनको दिन शाक्य समुहले सुनार समुहलाई हातपात गरेको प्रत्यक्षदर्शी बानियाँ पनि हुन् । त्यो दिनदेखि बिहानको समयमा बानियाँ पसलमा देखिएका छैनन् । बानियाँले शाक्य र सुनारवीचको बिवाद छलफल गरेर निकास दिन सकिने भए, आफु सम्वादको लागि तयार भएको बताएका थिए । तर, छलफलको लागि कुनै पनि प्रयास भने भएको छैन ।

भिडियो पनि हेर्नुहोस्