प्रहर खबर
 २०८१ जेठ ६, आईतबार    

हेटौंडामा हिन्दु धर्म संरक्षक र गुरुको शान, राष्ट्रिय झण्डादेखि भगवानको अपमान(भिडियो)

२०८० बैशाख २४, आईतबार १०:३७ बजे

हेटौंडा – हेटौंडा–१० राप्तीतटस्थित गोरक्षश्वरमा जारी पञ्चवर्षीय विराट महायज्ञका गुरुहरुलाई स्वागत एबम् नागरिक अभिनन्दन गर्ने क्रममा मुख्य सडकमा कोरिएका धार्मिक चित्र कुल्चन स्थानीय बाध्य भएका छन् ।

 मुख्य सडकमा कोरिएका धार्मिक चित्रमा कुल्चिएर हिड्दै स्थानीय । 

दीपप्रज्वलनका लागि हेटौंडाको मुख्य सडकमा शनिबार राष्ट्रिय झण्डादेखि भगवनको आकृतिहरु बनाइएको थियो । स्वागत तथा दीपप्रज्वलन कार्यक्रममा हिन्दुप्रति विश्वास राख्नेहरुको घुइँचो थियो । ती तस्वीर तथा भिडियोहरु सामाजिक सञ्जालहरुमा यत्रतत्र सर्वत्र फैलिएको छ ।

हेटौंडाको मुख्य सडकमा पञ्चवर्षीय विराट महायज्ञका गुरुहरुलाई स्वागत एबम् नागरिक अभिनन्दन गर्नेहरुको भिड । 

धेरैलाई लाग्न सक्छ, ती आकृतिहरु र गतिविधिले राष्ट्रिय झण्डा र हिन्दु धर्मको सम्मान गरेको छ । तर, त्यहाँ बनाइएको राष्ट्रिय झण्डाको आकृतिको अवस्था अपमानजनक र झण्डा प्रयोगको कार्यविधि विपरीत छ, भने शिवलिङ्ग, गणेश, शंख, स्वस्तिकचिह््नको आकृतिले हिन्दु धार्मिक आस्था तथा विधिविपरित छ । यसको जनस्तरमा व्यापक विरोध भएको छ ।

हेटौंडाको मुख्य सडकमा कोरिएका चित्रहरु । 

राष्ट्रिय झण्डाले देशको प्रतिनिधित्व गर्दछ भने स्वस्तिक छापले शुभकार्यको । त्यस्तै ओम ध्यान केन्द्रित शब्द हो । शंख, गणेश र शिवलिङ्गको हिन्दु धर्म अनुसार फरक फरक किसिमको आस्था र विश्वास छ । यसलाई मन्दिर मुर्ति बनाएर पूजा गरिन्छ ।

सच्चा देशभक्त भन्ने, अनि आफूलाई हिन्दु धर्मको संरक्षक र अनुयायी हुँ भन्ने, देश अनुपम र हिन्दु धर्मलाई स्वच्छ बनाउँने योजना बोकेकाहरुले राष्ट्रिय झण्डा तथा हिन्दु धर्मसँग सम्बन्धित आकृतिहरु प्रयोग कहाँ र कसरी प्रयोग गरिन्छ ? भनेर ख्याल नपु¥याउँदा आफैंमा लज्जास्पद विषय भएको जानकारहरु बताउँछन् ।

हेटौंडाको मुख्य सडकमा कोरिएका गणेश भगवानको चित्रहरु । 

हिन्दु धर्मका संरक्षक, कर्म गुरुहरु र आस्था राख्ने धर्मालम्बीहरुले राष्ट्रिय झण्डा तथा धार्मिक आस्थासँग जोडिएका गहनाको आकृति बनाएर अपमान जनक स्थितिमा पु¥याउनु हिन्दु धर्मको मर्म विपरीत भएको स्थानीयले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, मकवानपुरका सह–कोषाध्यक्ष सन्दीप कुमार सापकोटा शास्त्रीय सनातन मान्यता विपरीत राष्ट्रियता र धार्मिक मूल्य मान्यतामा आधारीत कुरालाई चित्र बनाएर सडकमा कुल्चिएर हिड्ने अवस्था श्रृजना गर्नु राष्ट्रियता र धार्मिक दृष्टिकोणबाट गलत संस्कारको सुरुवात भएको बताउँछन् ।

आफूलाई विद्धानको रुपमा परिभाषित गर्नेहरुबाटै देशको झण्डा र धर्मको आस्था तथा विश्वासमा प्रश्न उठ्ने कार्य गर्छन् भने कसलाई सच्चा देशभक्त भन्ने ? कसलाई धर्मभक्त भन्ने ? उनीहरुले प्रश्न गरेका छन् ।

हेटौंडाको मुख्य सडकमा कोरिएका चित्रमा पुजाँ गर्दै हिन्दु धर्मालम्बीहरु ।

सडकमा बनाइएका चित्रहरु तत्काल मेटाउनु पर्ने र आगामी दिन कुनै पनि चिजको चित्र बनाउँदा त्यस कुराको सम्मान हुने स्थानमा मात्र बनाउँनु पर्ने उनीहरुको माग छ ।

पञ्चवर्षीय विराट् महायज्ञका मूल आयोजक समितिका संयोजक अजेयराज सुमार्गी छन् । उनकै नेतृत्वमा पञ्चवर्षीय विराट् महायज्ञका धर्म गुरुसहितको टोलीले त्यही नेपाली राष्ट्रिय झण्डा, भगवानहरुको चित्र भएको स्थानमा स्वागतपछि दीप प्रज्जलन गरेका थिए । उक्त स्वागत कायक्रम संयोजन मिलनमुक्ति संस्था राजथला परिवाले गरेको थियो ।

हेटौंडाको मुख्य सडकमा बनाईएको शिव लिङ्ग र गणेशको चित्रमाथि सवारी गुड्दै । 

राष्ट्रिय झण्डाको हकमा, राष्ट्रिय झण्डा तथा राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधि २०६९ अनुसार राष्ट्रिय झण्डाको अपमान गर्न–गराउन पाइँदैन । चन्द्रमा तल पर्ने गरी झण्डा उल्टो राख्न, व्यापारिक विज्ञापनमा प्रयोग गर्न, राष्ट्रिय झण्डाको प्रतीक व्याच टाँस्दा कम्मरभन्दा तल टाँस्न र चन्द्रमा तल पर्ने गरी प्रयोग गर्न पाइँदैन ।

मुलुकी अपराधसंहिता परिच्छेद ८ को दफा १५१ अनुसार राष्ट्रिय झण्डा र राष्ट्रिय गानको अपमान गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

भिडियो