काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ सय ७२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय सेहजाद खान रहेका छन् ।
आइतबार साँझ बुद्ध एयरको विमानबाट नेपालगञ्ज जान लागेका उनलाई जाँच गर्ने क्रममा कार्डबोर्ड पेपरभित्र ३ सय ९ ग्राम र लगेजको पाङ्ग्राभित्र फल्स बटम बनाएर लेपन लगाएर १ सय ६३ ग्राम गरी उक्त परिमाणको धातु लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।