प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

मकवानपुर गोल्डकप: उपाधि रक्षा गर्ने आर्मीको दाबी, कस्ले मार्ला बाजी ?

२०७९ जेठ २९, आईतबार २०:१५ बजे

हेटौंडा – चौथो स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि साविक विजेता त्रिभुवन आर्मी क्लब र घरेलु टोली विजय युथ क्लब दुबै टिमले आफ्नो हातमा पर्ने दाबी गरेका छन् ।

पिप्ले क्याम्पा रंगशालामा आइतबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा फाइनलमा पुगेका दुबै टोलीका प्रशिक्षक तथा कप्तानले फाइनलको नतिजा आफ्नो पक्षमा आउने बताए ।

दोस्रो रोजाईको खेलाडी लिएर विदेशी टोलीलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान बनाएको आर्मीका प्रशिक्षक नविन न्यौपानेले पछिल्लो दुई खेलको नजितालाई निरन्तरता दिदै उपाधि रक्षा गर्ने बताए । ‘राम्रो होम टिमसंग फाइनल खेल परेको छ, होम टिमसंग खेल्नुको मज्जा छुट्टै हुन्छ,’न्यौपानेले भने,‘हाम्रो बलियो पक्ष फिट्नेसले गेम खेल्छौँ, पछिल्लो गेमहरु पनि निकै हाडवर्क गरेर जित्यौँ, यसरी नै जितेर शिल्ड हामी लान चाहान्छौँ ।’

प्रशिक्षक न्यौपानेले पछिल्लो दुई खेलमा भएको कमी कमजोरीलाई सुधार्दै फाइनल खेल्ने बताए । अधिकांश राम्रो खेलाडी राष्ट्रिय टिममा भएपनि खेलमा खासै असर नपरेको बताए । आर्मीका कप्तान भरत खवासले घरेलु टोलीसंग दर्शकको सर्पोट हुने भएकोले यसपटक उपाधि आफ्नो पोल्टामा पार्न निकै चुनौतीपुर्ण हुने बताए ।

उत्कृष्ट आठमा सिधै स्थान पाएको आर्मी फाइनल तय गर्न निकै संर्घष गर्नु परेको थियो । पहिलो खेलमा पेनाल्टी सुटआउटमा एपिएफलाई ५–४ र दोस्रो खेल (सेमिफाइल) सडनडेथम एभिनियर एफसी क्यामरुनलाई ११–१० ले हराएको थियो ।

पहिलो खेलमै शानदार जित प्रतियोगिताको सुरुवात गरेको विजय युथका प्रशिक्षक विजय लाल श्रेष्ठले फाइनल खेल्न टोली तयारी अवस्थामा रहेको बताए । आर्मी बलियो टोली भएकोले सोही अनुसार खेलको रणनीति समेत बनाएको उनले बताए ।

विजय युथका कप्तान अशोक बरालले नियमित प्रशिक्षण साथै अनुभबी खेलाडी रहेको आर्मीलाई फाइनलमा हराउन सहज नहुने बताए । उनले दर्शक समक्ष रोमाञ्चक फाइनल खेल प्रस्तुत गर्ने समेत विश्वास ब्यक्त गरे ।

आयोजकको हैसितले सिधै अतिम आठमा प्रवेश पाएको विजय युथले पहिलो खेलमा नव जनजागृतीमाथि ३–० को शानदार जित निकालेको थियो ।सेमिफाइलमा नेपाल पुलिस क्लबलाई १–० ले हराएको थियो ।

जिल्ला फुटबल संघ मकवानपुर आयोजना र जिल्लाको १० स्थानीय तहको सहयोगमा भएको प्रतियोगिताको विजेताले १५ र उपविजेता १० लाख प्राप्त गर्नेछन् ।प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडीले बुलेट बाईक प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट हुने गोलरक्षक, डिफेन्स, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही  जनही २५–२५ हजार प्राप्त गर्नेछ ।

पिप्ले क्याम्पा रंगशालामा  आर्मी र विजय युथको फाइनल खेल भोली(सोमबार) दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसअघि तेस्रो सस्करणमा घरेलु टोली मकवानपुर–११ लाई पराजित गर्दै आर्मी उपाधि जितेको थियो ।