प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

शिवम सिमेन्ट उद्योगको सेटिङमा अवैध काम, क–कसले पाए कति दाम ?

२०७९ जेठ २७, शुक्रबार ११:३३ बजे

हेटौंडा – शिवम सिमेन्ट उद्योगले गैरकानुनी तरिकाबाट चुनढुङ्गा अन्यत्र निकासी गरेको पाइएको छ । उद्योगले मकवानपुरगढी गाउँपालिका वडा नं.७ को खानीबाट हेटौंडा औद्योगिक क्षेत्रमा रहेको पाउडर उद्योग(लक्ष्मी लाइम)मा चुनढुङ्गा निकासी गरेको हो ।

सो क्षेत्रमा शिवम सिमेन्ट उद्योगको चुनढुङ्गा गरिरहेको छ । तर, उद्योगले आफ्नै चलानी प्रयोग गरी पाउडर उद्योग(लक्ष्मी लाइम)मा अबैध तरिकाबाट चुनढुङ्गा निकासी गरेको छ । शिवमले उक्त चुनढुङ्गा मकवानपुरगढीको खोटार खानीबाट वडा नं.२ शिखरकटेरी नाका हुँदै लक्ष्मी लाइममा ओसारेको हो ।

shivam-docx

चुनढुङ्गा ओसारपसारमा बिनोद विडारीको सवारीसाधन प्रयोग भएको छ । प्राप्त जानकारी अनुसार शिवम सिमेन्ट उद्योगले उदय बिडारी र विनोद बिडारीको नेतृत्वमा चुनढुङ्गा निकासी गरिएको हो । उद्योगले अवैध तरिकाबाट चुनढुङ्गा ओसारपसार गरेको भन्दै स्थानीयले बिरोध जनाएका छन् ।
चुनढुङ्गा ओसारपसारमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासन समेतको मिलोमत्तो रहेको स्थानीयहरुले आरोप लगाएका छन् । शिकरकटेरी प्रवेश नाकादेखि हेटौंडा नगरका धेरै स्थानमा प्रहरीको चेकपोष्ट हुँदा पनि कसैले चासो नदेखाएको स्थानीयको भनाई छ ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले आफुलाई चुनढुङ्गा ओसारपसारको बारे जानकारी नभएको बताए । उनले भने, “मलाई शिक्षाको बिषयमा भए राम्रो जानकारी थियो । यो चुनढुङ्गाको बिषयमा केही थाहा छैन । के नियम रैछ, प्रशासकीय अधिकृतसंग बुझेर प्रक्रिया अगाडी बढाउँछौँ ।”

shivam

अबैधानिक रुपमा चुनढुङ्गा ओसार्न लगाएका शिवम सिमेन्ट उद्योगका खानी विभागको जिम्मा पाएका रामजी प्रसाद चौरासिया भने सम्पर्कमा आएका छैनन् । प्रहर खबर डटकमका प्रतिनिधिले बारम्बार फोनवार्ताको लागि प्रयास गर्दा चौरासीले फोन उठाएनन् ।

खानी विभागका सुचना अधिकारी नारायण बाँस्कोटाले सिमेन्ट उद्योगले अन्य प्रयोजनको लागि चुनढुङ्गा अन्यत्र बेचविखन गर्न नपाइने बताए । उद्योगले अन्यत्र चुनढुङ्गा ओसारपसार गर्दा राजस्व नबुझाएको हकमा स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्न सक्ने सुचना अधिकारी बाँस्कोटाले बताए ।

चुनढुङ्गा अन्यत्र ढुवानी गरेको राजस्व समेत बुझाएको छैन । लक्ष्मी लाइम उद्योग पनि शिवम सिमेन्ट उद्योगका निर्देशक रघुनन्दन मारुको आफ्नै रहेको बुझिएको छ । यसअघि पनि उद्योगले चुनढुङ्गा लाइममा ओसारपसार गरपछि जिल्ला समन्वय समितिले रोकेको थियो । एक उद्योगको लागि कच्चापदार्थ आपूर्ति गर्न दर्ता भएको खानीबाट अर्को प्रयोजनको उद्योगमा कच्चापदार्थ प्रयोग गर्न थप राजश्व बुझाउन पर्ने नियम रहेको बताइएको छ ।