प्रहर खबर
 २०८१ जेठ ३, बिहीबार    

आज मौसम: देश भरी भारी वर्षाको सम्भावना

२०८० श्रावण २९, सोमबार ०२:५० बजे

काठमाडौँ – एक साता देखिको निरन्तरको वर्षा सोमबार पनि निरन्तर हुने जनाएको छ । सोमबार बिहानै देखि वर्षा भई रहेको छ भने दिनभर देश भरी भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको पहाडी भू–भागको नजिक अवस्थित रहेको छ। जसको प्रभावले हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।