हेटौंडा – थाहा नगरपालिकाको मेयर गठबन्धन(नेकपा माओवादी केन्द्र)का बिष्णु बहादुर विष्टले अग्रता लिएका छन् ।
पछिल्ला प्राप्त मत गणनामा अनुसार विष्टले ६१४ पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अचुतम प्रसाद ढकालले ४१८ मत पाएका छन् ।
कुल ३२ हजार ३०७ मतदाता रहेकोमा कुल ७१।३६ प्रतिशत मत खसेको हो । कुल १२०० मत खसेकोमा यस्तो मत परिणाम देखिएको छ ।
उपमेयरमा काङ्ग्रेसकी भरत गोपालीले ५७० मत सहित अग्रता लिएका छन् । नेकपा एमालेकी कल्पना वलामीले ४४६ मत सहित गोपालीलाई पछ्याइरहेकी छिन् ।