प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

प्रचण्डलाई ओलीको फोन, सहकार्यबारे पनि कुरा

२०७९ मंसिर ८, बिहीबार २०:११ बजे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन् । ओलीले बिहीवार प्रचण्डलाई फोन गरेर बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

फोनमा ओलीले अब सहकार्य गरेर जान सकिने विषयमा जिज्ञासा राखेका छन् । ओलीले टेलिफोनका क्रममा पुरानो तिक्तता भुलेर आउँदा दिनमा सहकार्यबारे पनि कुरा गरेका छन् ।

प्रचण्डले पनि अहिले आफूले चुनावी परिणामको समीक्षा गरिरहेको र सहकार्य गर्न कुनै आपत्ति नरहेको जनाएका थिए । नेकपाको विभाजनपछि दुवै नेता एकआपसमा आरोप–प्रत्यारोपमै रमाएका थिए, खासै बोलचाल थिएन ।

ओलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गरेर बधाई दिएका छन् ।